२०८२ असार २ सोमबार

राशिफल

५ विद्यार्थी संगठनले संयुक्तरुपमा सरकारविरुद्ध प्रदर्शन गर्ने

विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट ५ विद्यार्थी संगठनले संयुक्तरुपमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन् ।

देशमा कुशासन, महँगी र भ्रष्टाचार बढीरहेको भन्दै उनीहरुले सरकारको विरोध गर्न लागेका हुन् । सरकारले अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत गरेको समेत उनीहरुको आरोप छ ।