६ समूहले नयाँ बिमा कम्पनीको लाइसेन्स लिनका लागि दौडधुप सुरु गरेका बुझिएको छ । बिमा समितिले हिमालयन रिइन्स्यारेन्सलाई सञ्चालन अनुमति दिने निर्णय गरेपछि अन्य कम्पनीहरुले पनि चासो देखाएका हुन् ।
बिमा कम्पनीका लाइसेन्स पाउन सकिने भएपछि निर्जिवन बिमा कम्पनीको सञ्चालन अनुमतिका लागि बिमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की, बिमा कम्पनीका पुराना सीईओ रमेश भट्टराई, व्यापारिक घरानाका व्यक्तिहरुले दौडधूप गरेका छन् ।
कार्कीले अभियान जनरल इन्स्यारेन्स कम्पनी र भट्टराईले महालक्ष्मी जनरल इन्स्यारेन्सको नाममा कागजात तयार पारिरहेका छन् । यसअघि उनीहरुले निवेदन दिएर पनि अनुमति पाएका थिएनन् ।
मनकामना जनरल इन्स्योरेन्स, स्ट्याण्र्डड लाइफ इन्स्योरेन्स, युनी लाइफ इन्स्योरेन्स र काठमाडौं जनरल इस्योरेन्सका नाममा विभिन्न व्यापारिक घरानाहरुले लाइसेन्स लिन पावर लगाइरहेका छन् ।
तपाइँको प्रतिक्रीया