२०८२ जेठ २२ बुधबार

राशिफल

देउवातिर हेर्दै माधव नेपालले भने– ओलीले गल्ती सुधारे भने ठाउँ दिन सकिन्छ, कसो शेरबहादुरजी

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती सुधार गर्ने हो भने ठाउँ दिन सकिने बताएका छन्।

प्रतिनिधि सभा विघटनविरूद्धमा राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका विपक्षी गठबन्धनले बिहीबार संघीय संसद भवन बानेश्वरमा सम्पादकहरू भेटघाट गरेका थिए । सोही अवसरमा नेता नेपालले ओलीले कोर्स करेक्सन गर्नुपर्ने कुरा राखेका थिए ।

नेपालले प्रतिनिधि सभा विघटन बदर हुनुपर्ने बताएका थिए । उनले देउवातिर हेर्दै भनेका थिए, ‘ओलीले गल्ती सुधारे भने ठाउँ दिन सकिन्छ, कसो शेरबहादुरजी ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीबाट असंवैधानिक काम भएको भन्दै लोकतन्त्र बचाउन विपक्षी गठबन्धन बनेको र यसविरुद्द जनपरिचालन गर्ने बताए।