प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालय बाँडफाँट गरेका छन् । सर्वोच्चको अन्तरिम आदेशपछि हाल कायम रहेका चार जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले परराष्ट्र र रक्षा मन्त्रालय आफैंसँग राखेका छन् भने एकै मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
उपप्रधानमन्त्री विष्णु पौडेलले अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाएका छन् । पौडेललाई उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा पनि दिइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन् ।
तपाइँको प्रतिक्रीया