२०८२ जेठ २२ बुधबार

राशिफल

काठमाडौं–तराई द्रुतमार्गमा सुरुङमार्ग र पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा

काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्ग र पुलको डिजाइन गर्न चिनियाँ टोली नेपाल आएको छ ।

धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र विशेष पुलको डिजाइन गर्न पोली च्याङ्दा इन्जिनियरिङका १४ जनाको टोली नेपाल आएको हो ।

६ महिनासम्म सुरुङमार्ग र पुलको डिजाइन गर्ने म्याद छ। यो टिममा प्रोजेक्ट म्यानेजर, टनेल ९सुरुङमार्ग०, ब्रिज ९पुल०, सडक इन्जिनियरहरु लगायत आवश्यक पर्ने विज्ञहरु छन् ।

टोलिले कार्यालय स्थापना गरेर टनेल बन्ने स्थानमै क्याम्प बनाइ टनेल, ब्रिज, सडकलगायतका संरचनाको डिजाइन गर्नेछ ।

नेपाली सेनाले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन ९इपीसी० माध्यमबाट दु्रतमार्गका यी संरचना निर्माणका लागि ठेक्का सम्झौता गरेको हो ।

पहिलो र दोस्रो प्याकेजमा गरी यी संरचना बनाउन सेनाले ५० अर्ब १४ करोड लगानीको ठेक्का सम्झौता गरेको थियो । साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेषखालका पुल निर्माण गरिनेछ ।