हाल कोरोना संक्रमित भएका ब्यक्तिले कोरोना भाइरसविरुद्दको खोप लगाउने कि नलगाउने भन्ने धेरैको जिज्ञासा हुन सक्छ ।
यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले सूचना जारी गरेको छ ।
केन्द्रका अनुसार कोराना संक्रमित वा कोरोनाको लक्षण देखिएका मानिसले तत्काल खोप लगाउनु हुँदैन । कोरोना भएका बेला खोप लगाउँदा फाइदा नहुने समेत बताइएको छ ।
यस्तो बेला खोप केन्द्रमा भएकाहरुलाई कोरोना भाइरस सर्न सक्ने खतरा पनि हुन्छ । त्यसैले संक्रमणमुक्त भएको एक महिनापछि मात्र खोप लगाउनुपर्ने केन्द्रको भनाइ छ । साथै, सरकारले थप खोपको व्यवस्था गर्न लागेकाले हतार नगर्नसमेत भनिएको छ ।
तपाइँको प्रतिक्रीया