सिंहदरबार घेराऊ गर्ने क्रममा पुनर्निर्माणमा कार्यरत सयभन्दा बढी इन्जिनियर तथा सब–इन्जिनियर पक्राउ परेका छन् । २०७२ सालको भूकम्पपछि पुनर्निर्माणमा खटिएका उनीहरुलाई शुक्रबार प्रहरीले पक्राऊ गरेको हो ।
हाल पक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लब भृकुटिमण्डपमा राखिएको छ । बिहीबार सामूहिक राजीनामा दिएका पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले शुक्रबार सिंहदरबार घेराऊ गर्ने कार्यक्रम राखेका थिए । तर, घेराऊ गर्नुअघि नै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सेवा, सुविधा, भत्ता पाउनुपर्ने र व्यवस्थापन गर्नुपर्ने मागसहित पुनर्निर्माणमा खटिएका प्राविधिकहरु आन्दोलित छन् । उनीहरुको साउन १ गतेदेखि करार सम्झौता सकिदै छ ।
तपाइँको प्रतिक्रीया