गायिका ब्रिटनी स्पियेर्शले आफुलाई पिताको संरक्षणबाट मुक्त गर्न अदालतसमक्ष अपिल गरेकी छिन् ।
विश्व चर्चित गायिका ब्रिटनीले आफु विगत १३ बर्षदेखि पिताको संरक्षणमा रहेको बताउदै यस्तो भनेकी हुन् ।
आफ्नो करिअरको हरेक फैसला पिताले गर्दै आएको बताउदै ब्रिटनीले अमेरिकाको लस एन्जलस अदालतमा आफूलाई यस्तो अपमानजक संरक्षणबाट मुक्त गराउन अपिल गरेकी हुन् ।
ब्रिटनीले भनेकी छिन्, ‘विगत १३ सालदेखि मलाई जर्बजस्ती ड्रग्स दिइएको छ । मेरो इच्छाको विरुद्ध मलाई काम गर्न बाध्य बनाइएको छ । म यो संरक्षणबाट तिरस्कृत भएकी छु । म तनावमा छु र चकित पनि छु । म आफ्नो जिन्दगी फिर्ता लिन चाहन्छु म अगाडि बढ्न चाहन्छु । बिहे गरेर बच्चा जन्माउन चाहन्छु । म पिताको संरक्षणमा रहुन्जेलसम्म न त बिहे गर्न सक्छु न त बच्चा जन्माउन नै सक्छु । मेरो शरीरमा आइयूडी डिभाइस लगाइको छ, जसको कारणले म गर्भवती हुन सक्दिनँ । म यो डिभाइस बाहिर निकाल्न चाहन्छु र बच्चा जन्माउन चाहन्छु ।
तपाइँको प्रतिक्रीया