सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं। ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ।
सामान्य विवादमा स्काभेटर चालक हर्षबहादुर तामाङले उनलाई स्काभेटरको बकेटले हिर्काएर हत्या गरेका हुन् ।
गत शुक्रबार वडाध्यक्ष र ठेकेदार प्रेम राज दाहाल निरीक्षण गर्न गएको बेला स्काभेटर चालक बीच सामान्य भनाभन भएको थियो ।
सर्लाहीका एसपी सन्तोषसिंह राठोरका अनुसार तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
तपाइँको प्रतिक्रीया