२०८२ जेठ २२ बुधबार

राशिफल

समस्यामा परेका जलविद्युत् आयोजनाहरुलाई पुनर्कर्जा उपलब्ध गराउने

नेपाल राष्ट्र बैंकले समस्यामा परेका जलविद्युत् आयोजनाहरुलाई पुनर्कर्जा उपलब्ध गराउने भएको छ।

निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइने भएको हो ।

केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको छ।

प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, पाँच करोडसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध गराएको छ।

कूल १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनरकर्जा प्रदान गरिनेछ ।