१) संघिय कार्यालय, प्रादेशिक कार्यालय र स्थानीय कार्यालयमा हजारौं प्राविधिक लगायतका कर्मचारी छन, जो जनप्रतिनिधिको नाता गोता वा भोट बैंककै आधारमा करार सेवामा छिरेका छन। त्यता तर्फ निष्पक्ष प्रतिस्पर्धा मार्फत लोक सेवा आयोग बाटै करार समेत नियुक्त गरिनु पर्छ भनी आज सम्म कसैले आवाज उठाएको सुनिएन।
२) तर राज्यको एउटा महाभियानलाई सफल बनाउने कसैको नातागोता नभइ निश्चित प्रतिस्पर्धाबाट नियुक्त ईन्जिनियर प्राविधिकहरुले आफ्नो व्यवस्थापनको माग गर्दा ईन्जिनियरहरुकै टाउको दुखाईको विषय बन्नु नपर्ने हो।
३) आजको अवस्थामा समेत प्राईभेट सेक्टरमा न्युनतम तलबमा शोषित भई ईन्जिनियरहरु काम गर्न विवस छन। त्यता तर्फ राज्यले एउटा ठोस नीति अवलम्बन गरेको भए पनि पुनर्निर्माण महाअभियन्ताहरु सडकमा आउनु पर्दैन थियो होला र फ्रेसर ईन्जिनियर प्राविधिकहरुको पनि समस्या समाधान हुने थियो।
४) वयवस्थापन गर्नु भनेको स्थायी गर्नु होइन, सम्भव भए सम्म राज्यसङ बेरोजगारी समस्याको हल माग्नु हो, जुन अधिकार सबै नागरिक सङ छ । त्यसका लागी सरकार तत्काल विज्ञहरुको टोली बनाइ समस्याको समाधान गर्न सुझाव माग्नु पर्छ।
५) स्थायीका लागी लो।से। आ। को परिक्षा त पहिले देखि चलिआएको छ र यो अवसरले कसैलाई पनि बन्चित गरेको छैन र गर्ने पनि छैन।
६) एक ईन्जिनियरले अर्को ईन्जिनियरको समस्या भन्ने बारेमा सोच्नु पर्छ, बोल्नु पर्छ।नकि अरुले अवसर माग्यो र यदि पायो भने मेरो अवसर खोसिन्छ वा अरु पनि म जस्तै हुन्छन भनी ठान्नु हुदैन।
७) पुनर्निर्माणमा मैले यस्ता साथीहरु पनि देखेको छु, जो जिल्ला बाट तलब पनि बुझ्थे र काठमाडौंमा ईस्टिट्युट पनि धाउथे वा मास्टर्स गर्न पनि भ्याउथे भने धेरैले गाउँको विकट स्थानमा गएर सेवा पनि गरेका छन । आज तिनै मित्रहरु स्थायी भए पछि आफ्नै पुराना साथीहरुको खेदो खनेको मलाई चाही ठीक लागेन।
अन्त्यमा, यी सबै कुरा मैले चुनावमा भोट् बटुल्नको लागी बोलेको होइन। म आफै पनि प्राईभेट सेक्टरमा छ महिना, पुनर्निर्माणमा १० महिना र लोक सेवा को परिक्षा बाटै सहरी विकास तथा भवन बिभागमा करारमै १।५ वर्ष काम गरिसकेको छु। आफ्नो क्षेत्रमा भएको समस्याका लागी आवाज उठाउदै नेतृत्व समेत गरी अझ राम्रो अवसरको लागी बिना कुनै ईन्स्टिच्युट धाईकन कार्यालयको कामकाजमा समेत असर नपर्ने गरी फुर्सदको समयमा पढेर लोक सेवा आयोगबाट संघ मै नाम निकालेको छु र अहिले स्थानीय तहमा समायोजन भइ कार्यरत छु। विभिन्न क्षेत्रमा के सम्स्या छन मैले आफै भोगेको छु। तसर्थ एक ईन्जिनियरले अर्कोलाई होच्याउने प्रवृति मलाई मन परेन र त्यही भएर लेखेको हु।
ई। कार्तिकेश झा
अधिकृतस्तर सातौं , बलवा नगरपालिका
कोषाध्यक्ष, पिन प्रदेश २
तपाइँको प्रतिक्रीया