२०८२ जेठ २२ बुधबार

राशिफल

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी तर सार्वजनिक यातायात नचल्ने

A traffic policeman walks in a road on the deserted Durbar Marga in Kathmandu as a lockdown is imposed to contain the coronavirus disease (COVID-19) in Nepal, on March 24, 2020. Photo: Suresh Chaudhary/THT

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ भने तत्काल सार्वजनिक सवारी–साधन सञ्चालन नहुने सम्भावना छ।
‘कोरोना संक्रमण जुन अवस्थामा घट्छ भन्ने अपेक्षा गरिएको थियो त्यो घटेन,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, ‘निषेधाज्ञालाई जारी राखिन्छ तर के-के खुल्न दिने भन्ने निर्णय आज गर्छौं।’ बैठक आज बस्दै छ उक्त बैठक मा संक्रमणको अवस्थाबारे छलफल हुनेछ।
उता राष्ट्रिय यातायात व्यवसायी महासंघले स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक सवारी–साधन चल्न दिनुपर्ने माग गर्दै आएको छ ।