मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारमा आफूलाई भौतिक मन्त्री नदिए मुख्यमन्त्रि दिनुपर्ने राजीव गुरुङ (दीपक मनाङे) ले माग राखेका छन् ।
वैशाख २९ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूले रोजेको मन्त्रालय पाउनुपर्ने माग राखेका छन् ।
मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरिरहेका छन् । मुख्यमन्त्रीले उनलाई तत्कालका लागि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकेका थिए । आफूले भौतिक मन्त्रालयको जिम्मेवारी पाउने गरी कांग्रेससँग सहमति गरिसकेको भन्दै मनाङले जसपाले पाउने सहमति भएको २ मन्त्रालयको जिम्मेवारी नदिएकाले आफूले पदभार ग्रहण नगरेको बताए ।
जसपाले अर्थसहित २ मन्त्रालय पाउने लिखित सहमति भइसकेको छ । आइतबार नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रीको पदभार ग्रहण गरेका छन् ।
तपाइँको प्रतिक्रीया