नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनाल समूहले शुक्रबार बालुवाटारमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
बिहीबार बुद्धनगरको एक पार्टी प्यालेसमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो । शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता भिम रावलले जानकारी दिनुभयो । साथै बैठकले पार्टी एकताका लागि सबैमा आह्वान समेत गरेको छ ।यो समुहले प्याकेजमा नै सहमति गरेर जानुपर्ने बताउँदै आएको छ ।
यस अघि हिजो बिहिवार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले ८ जना स्थायी कमिटी सदस्य र २०७५ जेठ ३ मा रहेको २४१ जना केन्द्रिय समितिमा माओबादीबाट आएका २० जना केन्द्रिय सदस्य थप गरि २६१ बनाउने निर्णय गरेको थियो।
तपाइँको प्रतिक्रीया