२०८२ जेठ २१ मङ्गलबार

राशिफल

चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान : कांग्रेस

काठमाडौँ – राजधानीको एक भित्तामा कोभिड – १९ महामारीविरुद्ध अग्रपंक्तीमा खटिएकाको सम्मानमा कोरिएको चित्र मेटाउने काठमाडौँ नगरपालिकाको कदमलाई लिएर चौतर्फी विरोध व्यक्त भएको छ । विपक्षी दलले बिहीबार विज्ञप्ति जारी गर्दै महानगरको उक्त कार्य निन्दनिय रहेको जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी वक्तव्यमा फ्रन्टलाइनरको सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको उल्लेख छ । सम्मानमा चित्र बनाइँदा बधाइ नभएर अपमान गरिनु सभ्य र सुसंस्कृति समाजको विरुद्ध भएको समेत कांग्रेसले जनाएको छ । कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले दुई साताअघि सामूहिक चित्र बनाएर काठमाडौँको पर्खालमा पोतेका थिए ।