काठमाडौँ – उपत्यकामा बिहीबार थप ४१९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३१६, ललितपुरका ७४ तथा भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी पछिल्लो चौबीस घन्टामा देशभर २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३३ जना संक्रमितको मृत्यु भएको छ।
गत चौबीस घन्टामा ४ हजार १७ संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म ३१ हजार ३ सय ६८ सक्रिय संक्रमित रहेका छन्।
तपाइँको प्रतिक्रीया