२०८२ असार २ सोमबार

राशिफल

जसपाबाट राज्यमन्त्री भएकी रायमाझीद्वारा राजीनामा

रुपन्देही – लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा बसेर निरन्तरता दिन नसकेको उनले बताएकी छन् ।

प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका ४ सांसद मन्त्री बनेका थिए । उनले राजीनामा दिएसँगै प्रदेश सरकारलाई बहुमत पुराउन थप समस्या आउने अनुमान विपक्षीले गरेका छन् ।