२०८२ असार २ सोमबार

राशिफल

देउवालाई दिएको समर्थन दुई दिनभित्र फिर्ता लिन नेपाल पक्षधर समुह लाइ एमाले केन्द्रिय कमिटी बैठकको निर्णय !

नेकपा एमालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन आफ्ना २३ जना निवर्तमान सांसदलाई निर्देशन दिएको छ ।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको केन्द्रीय पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए।

बैठकमा माधवकुमार नेपाल पक्षका केन्द्रिय सदस्यको सहभागी नभएपनि लामो समय केपि वलीको कुनै कार्यक्रममा सहभागी नभएका उपाध्यक्ष वामदेव गौतम र पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका सदस्यहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायतको उपस्थित थियो ।

नेपाल समूहका २३ सांसदसहित विपक्षी गठबन्धनका एक सय ४६ सांसदले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई कायम गरियोस भनी सर्वोच्चमा रिट दर्ता गरेका छन् । उक्त रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

माधव नेपाल पक्षधर समूहले भने हस्ताक्षर फिर्ता लिन अस्विकार गरेको छ। पार्टीलाई जेठ २ अगाडीको अवस्थामा फर्काउनुपर्ने माधव कुमार नेपाल पक्षको अडान छ।