काठमाडौं – नायिका सुपुष्पा भट्टले विवाह गरेकी छन् । उनले निर्माता रौनक विक्रम कँडेलसँग आज (शुक्रबार) विवाह गरेकी हुन् । वैशाख १५ गते इन्गेजमेन्ट गरेका यी दुईले निकट व्यक्तिहरूको उपस्थितिमा आज विवाह गरेका हुन् ।
‘रणवीर’ फिल्मबाट डेब्यू गरेकी नायिका सुपुष्पाको चलचित्र ‘छ माया छपक्कै’लाई दर्शकले मन पराएका थिए । उनी अभिनित चलचित्र ‘चपली हाइट ३’ तयारी अवस्थामा भए पनि कोरोनाको कारण प्रदर्शन हुन सकेको छैन । रौनकले पुरानो ढुङ्गा, मिस्टर झोलेलगायत चलचित्र निर्माण गरेका छन् ।
लामो समय यता प्रेममा रहेका यी दुईको विवाहमा कलाकार दीपक राज गिरी, दीपा श्री निरौला, सुमन गिरी, अनुराग कुँवरलगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रीया