२०८२ जेठ २१ मङ्गलबार

राशिफल

युरोकप सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिष्पर्धा हुने

काठमाडौँ – युरोकप फुटबलको सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिष्पर्धा हुने भएको छ । दुवै टोलीले गएराति सम्पन्न खेलमा रोचक जीत हासिल गरेर सेमिफाइनलको स्थान पक्का गरेका हुन् ।

पहिलो खेलमा स्पेनले स्वीजरल्यान्डमाथि कठिन जीत हासिल गर्यो । निर्धारित समय र अतिरिक्त समयमा ११ गोलको बराबरी पछि पेनाल्टी सुटआउटमा निर्णय भएको थियो ।

दोस्रो खेलमा फिफा वरियतामा पहिलो नम्बरमा रहेको बेल्जियम इटालीसँग पराजित भएको छ । इटालीले २–१ ले बेल्जियमको युरोकप यात्रामा पूर्णविराम लगाइदिएको हो ।

स्वीजरल्यान्डका जाकारियाले आफ्नै पोष्टमा गोल गरेपछि स्पेनले अग्रता हासिल गरेको थियो । तर, साकिरीले बराबरी गोल गरी खेलमा फर्काएन खोजे । ७७औं मिनेटमा स्वीजरल्यान्डका फ्रुलर रातो कार्ड खान पुगे । बाँकी खेल स्वीजरल्यान्डले १० खेलाडीमा सिमित भएर खेल्यो । पेनाल्टी सुटआउटमा स्वीजरल्यान्डका एकजना खेलाडीले मात्र गोल गर्न सकेका थिए ।