२०८२ जेठ २१ मङ्गलबार

राशिफल

एमाले बैठकमा वामदेव पक्षका नेता उपस्थित, नेपाल पक्षका अनुपस्थित

काठमाडौँ – एमाले केन्द्रीय समिति बैठकमा माधव नेपाल पक्षका नेताहरुको सहभागिता रहेको छैन । तर उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाल पक्ष अनुपस्थित भएको हो । पार्टी एकता अभियान सञ्चालन गरिरहेका गौतम भने बैठकमा सहभागी भएका हुन् । उसो त गौतम शुक्रबारको बैठकमा पनि सहभागी भएका थिए ।

नेपाललाई बैठकमा सहभागी गराउने प्रयासस्वरुप प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग शनिबार लामो टेलिफोन कुराकानी गरेका थिए । तर सहमती भएको छैन ।