२०४ किलो लागुऔषध गाँजासहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
घरमा लुकाएर राखेको लागुऔषध गाँजा बरामद भएको धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
पक्राउ परेका आरोपी महासेठ यसअघि २०७४ साउन १५ गते लागुऔषध गाँजासहित पक्राउ परेका थिए। त्यतिबेला जिल्ला धनुषा अदालतको आदेशअनुसार १ महिना कैद भुक्तानी गरी उनी रिहा भएका थिए।
त्यसको ठीक एक वर्षपछि प्रहरीले महासेठलाई पुन: लागुऔषध गाँजासहित पक्राउ गरेको थियो। जिल्ला अदालतको आदेशअनुसार लगभग एक महिनापछि १५ हजार धरौटी बुझाएर महासेठ रिहा भएका थिए ।
आरोपी महासेठ तेस्रोपटक २ क्विन्टल भन्दा बढी गाँजासहित पक्राउ परेका हुन् । आरोपी महासेठमाथि थप अनुसन्धान धनुषा प्रहरीले जनाएको छ।
तपाइँको प्रतिक्रीया