२०८२ जेठ २२ बुधबार

राशिफल

उपत्यकामा मात्रै थपिए ३७६ जना संक्रमित

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २४६, भक्तपुरमा ४९ र ललितपुरमा ८१ जना संक्रमित थपिएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३२८ जना कोरोना संक्रमित थपिएका छन् भने १९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ। हाल देशभर २७ हजार ७१६ जना सक्रिय संक्रमित रहेका छन्।