२०८२ जेठ २२ बुधबार

राशिफल

राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज द्वरा २३६२ बिपन्न परिवार लाई राहत स्वरूप खाध्यान बिपतरण

बिगत लामो समय देखि अपांगता क्षेत्रमा सक्रिय रहेको काठमाडौँ स्थित राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज द्वरा नागार्जुन तथा चन्द्रागिरी नगरपालिका का १९ वटा सामुदायिक बिद्यालय मार्फत २३६२ बिद्यार्थी र उनीहरुका परिवार लाई खाध्यान वितरण गरिएको छ ।

समाज कल्याण परिषदबाट स्वीकृति प्राप्त भै चाइना फाउन्डेसन फर पोभर्टी एलिभीएसन् , चिन को आर्थिक सहयोग मा नागार्जुन तथा चन्द्रागिरी नगरपालिका कार्यालय संग को समन्वय मा उक्त वितरण कार्यक्रम सम्पन भयो । नागार्जुन नगरपालिका का नगर प्रमुख मोहन बसनेत ज्यु कोप्रमुख आतिथ्यमा श्री सितापाइला माध्यमिक बिध्यालाय बाट यही असार १० गते एक औपचारीक कार्यक्रम मार्फत उक्त कार्यक्रम शुभारम्भ भएको थियो |


कार्यक्रम मा बोल्दै नगर प्रमुख्ज्यु ले महामारी का बीच सहयोगी संस्था लाई आभार प्रकट गर्दै खाध्यान सहयोगले केहि समय राहत पुगेपनि समुदाय लाई दिर्घकालिन प्रभाब पर्ने किसिमका कार्यक्रम संचालन गर्न संस्था लाई सुझाब दिनु भयो |

 

संस्थाका अध्य सुनिल हमालज्यु ले यस कार्यक्रम मार्फत नागार्जुनका ११४६ र चंद्रागीरिका १२१६ गरि जम्मा २३६२ ज्याला मजदुरी गर्ने , आर्थिक अवस्था कम्जोर भएका , बिशेस गरि लक्डाउन बाट प्रभावित समुदायिक र सरकारी बिधयालय का बालबालिका र तिनका परिवार लाई यो कार्यक्रम मार्फत सहयोग गरिएको र प्रतेक परिवार ले २५ केजी चामल , ५ केजी दाल र ३ लिटर भटमास को तेल को प्याकेज प्राप्त गर्ने जानकारी दिनु भयो |साथै असार १४ , गते , चन्द्रागिरी नगरपालिका का ८ वटा बिधयालय मा १२१६ परिवार लाई उक्त खाध्य सामग्री वितरण सम्पन्न भयो