२०८२ जेठ २२ बुधबार

राशिफल

भक्तपुरमा घरको तलाबाट खसेर एक महिलाको ज्यान गयो

काठमाडौँ – शनिबार राती मध्यपुर थिमी नगरपालिका १ लोकन्थली, रमाइलो चोकमा निर्माणाधीन घरको माथिल्लो तलाबाट खसेर ३० वर्षकी लीला सदाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार राजु श्रेष्ठको ४ तले निर्माणाधीन घरमा बस्दै आएकी महिलाको मृत्यु भएको हो । घरमा काम गर्ने र रेखदेख गर्न भनी बसेका सिन्धुली दूधौली घर भएका राम कुमार सदा, श्रीमती लीलाको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बेलुकाको खाना खाएर लीला छतमा सुत्न जान्छु भनि गएकोमा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्‍याङबाट अचानक भुईतलामा खस्न गई घटनास्थलमा नै मृत्यु भएको खबर प्रहरीलाई आयो । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थल पुगेर लाश जाँच प्रकृति मुचुल्का गरेको थियो ।