पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८७६ जनाको पीसीआर परीक्षणमा १०४२ र ३२५६ एन्टिजेन परीक्षणमा ५६१ जना गरी १६०३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ जनाको मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रीया