२४ घण्टामा राजधानीमा ४ सय ६१ जना सक्रमित पाइएका छन्। त्यसमध्ये काठमाडौँमा ३ सय ४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना नयाँ संक्रमित भेटिएका हुन्।
कोरोनाभाइरस सक्रमण कम हुँदै गएको भनी काठमाडौँ उपत्यकाभित्र लगाइएको निषेधाज्ञा निकै खुकुलो पारिएका बेला सक्रिय संक्रमितको संख्यामा भने उल्लेख्य कमी आउन नसकेको सरकारी विवरणले देखाएको छ।तर उपत्यकाभित्र सक्रिय संक्रमितको सङख्यामा भने खासै धेरै कमी नआएको स्वास्थ्य तथा जनसङ्ख्याको विवरणमा देखिन्छ।
यद्यपि त्यो संख्या घट्दो क्रममा रहेको छ।संक्रमितमध्ये करिब ४० प्रतिशत महिला छन् भने करिब ६० प्रतिशत पुरुष रहेका छन्। र पछिल्लो समय सबभन्दा बढी सक्रमित हुने उमेर समूह २० देखि ४० को रहेको छ। गम्भीर बिरामी भएर सघन उपचार कक्षमा उपचार गराइरहेकाहरूको संख्या ६ सय ८ रहेको छ भने भेन्टिलेटरमा १ सय ८१ जना रहेका छन्।
तपाइँको प्रतिक्रीया