२०८२ जेठ २१ मङ्गलबार

राशिफल

फिलिपिन्समा सैनिक विमान दुर्घटना : २९ जनाको मृत्यु, ५० जिवितै उद्वार

एजेन्सी – फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । दक्षिणी फिलिपिन्समा भएको दुर्घटनामा जलिरहेको विमानबाट दर्जनभन्दा बढीलाई जिवितै निकालिएको छ ।

जोलो टापुको विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो । जल्दै गरेको विमानमा रहेका ५० जना घाइते भएका छन् । १७ जना हराएका छन् ।
विमानमा सैनिकहरु थिए । घटनामा मृत्यु भएका २ जना र घाइते ४ जना जमिनमा रहेकाहरु हुन् ।