काठमाडौँ – सोमबार प्रतिनिधिसभा विघटन मुद्दामा निवेदक तर्फबाट जवाफी बहस सकिँदै छ । काँग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले पनि जवाफी बहस गर्ने भएका छन् । यसअघि चारजनावरिष्ठ अधिवक्ताले मात्र जवाफ दिने तय गरिएपनि वरिष्ठ अधिवक्ता भण्डारीले जवाफ दिने इच्छा गरेपछि उनलाई पनि समेटिएको हो ।
आइतबार वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले १ घण्टा जवाफी बहस गरेका थिए । इजलासले तोकेको २ घण्टा दुई मिनेटमा बरिष्ठ अधिवक्ता भण्डारी, शम्भु थापा, बद्रि बहादुर कार्की र हरिहर दाहालले जवाफ दिँदै छन् ।
तपाइँको प्रतिक्रीया