२०८२ जेठ ३० बिहीबार

राशिफल

नेतृ भुषाललाई मातृ शोक

काठमाडौँ – नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुषाललाई मातृ शोक परेको छ । उनकी आमा इन्द्रकला भुषालको ९३ वर्षको उमेरमा सोमबार कुसुन्तीस्थित निवासमा निधन भएको हो ।

उनको पार्थिव शरीरमा सभामुख अग्निप्रसाद सापकोटा लगायत माओवादी केन्द्रका नेताहरुले पशुपति पुगेर श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा सहानुभूति प्रदान गरेका छन् ।