काठमाडौँ – ९ दिन देखी बेपत्ता २३ वर्षीया सुजिता भण्डारीको शब फेला परेको छ । राप्ती नगरपालिका – ३ बस्ने २३ वर्षीया भण्डारीको शव फेला भेटिएपछि स्थानीयहरुले घटना छानबिनको माग गर्दै पूर्व – पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका हुन् ।
असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् ।
उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा फेला परेको शवको सुजिताका आफन्तले पहिचान गरेका थिए ।
तपाइँको प्रतिक्रीया