२०८२ जेठ २९ बुधबार

राशिफल

प्रतिनिधिसभा विघटन मुद्दा : आज रिट निवेदक पक्षको जवाफी बहस सकियो

काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा आज रिट निवेदक पक्षको जवाफी बहससकिएको छ । अब एमीकस क्युरीलाई २ घण्टाको समय दिईने भएको छ । रिट निवेदकको तर्फबाट सुरुमा बरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरेका थिए । त्यसलगत्तै बद्रीबहादुर कार्कीले बहस गरेका थिए ।

सुरुमा जवाफीमा बहसमा उत्रिएका दाहालसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रोचक सवाल उठाएका थिए । दाहालले प्रधानन्यायाधीश जबराले ‘यसअघि फाुगन ११ गते हामीले वैकल्पिक सरकार बन्ने देखेर प्रतिनिधिसभा विघटन वदर गरेको हो ।

अहिले त एमाले नभई सरकार बन्ने देखिंदैन नि’ भनेर प्रश्न उठाएका थिए । यसमा दाहालले अदालतले संविधान बचाउनतर्फ सोच्नुपर्ने र वैकल्पिक सरकार बन्ने आधार रहँदासम्म संसद् विघटन गर्न नमिल्ने तर्क गरेका थिए ।