२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कक्षा १२ को परिक्षा साउन अन्तिम साताबाट , परिक्षा होम सेन्टरबाट हुनसक्ने

काठमाडौँ – कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले सरकारसँग प्रस्ताव गरेको छ ।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

उनले लाखौं परिक्षार्थी सहभागि हुनुपर्ने भएकाले अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने समेत बताए । केही समय ढिलाइ भएपनि भौतिकरुपमा परीक्षा संचालन गर्ने बोर्डको तयारी छ ।

यसअघि जेठ २६ गतेबाट हुने गरी तय गरिएको परीक्षा सीसीएमसीले रोक्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा होम सेन्टरबाट पनि गर्न सकिनेतर्फ बहस पनि चलेको छ ।

भाइरस संक्रमण कम भए पनि पूरै नघटेकाले अर्को विद्यालयमा परीक्षा दिन जान सक्ने अवस्था भने नरहेको जनाइएको छ । परीक्षा कहिलेबाट सञ्चालन गर्ने भन्ने निधो भएसँगै होम सेन्टरका बारेमा समेत निर्णय हुने जनाइएको छ ।

परीक्षा तीन घण्टा अवधिको हुने वा के हुने भन्ने निर्णय पनि एकैसाथ हुने जनाइएको छ ।