२०८२ जेठ ३१ शुक्रबार

राशिफल

दाउरा बटुल्न गएका वृद्धको बाघको आक्रमणबाट ज्यान गयो

रुपन्देही – दाउरा बटुल्न गएका एक वृद्धको बर्दियामा बाघको आक्रमणबाट मृत्यु भएको छ । मधुवन नगरपालिका–३ भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको उनको शव सम्झना सामुदायिक वनमा सोमबार दिउसो भेटिएको प्रहरीले जनाएको छ ।

नेपाल–भारत सीमाको अन्तर्राष्ट्रिय जैविक मार्गको सीमा स्तम्भ नम्बर ८३÷८४ को दसगजानजिक खत्रीलाई बाघले आक्रमण गरेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताए । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा खत्रीको शव सोमबार फेला परेको हो ।