पोखरा – गण्डकी प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान सञ्चालन हुने भएको छ । यसका लागि कोरोना विरुद्धका खोप खरीदका लागि संघीय सरकारसँग समन्वय गरिने मन्त्रालयले बताएको छ ।
गण्डकी प्रदेश सामाजिक विकासमन्त्री कुमार खड्काले जिल्ला समन्वय समिति कास्कीद्वारा केही दिनअघि आयोजित कार्यपालिका पदाधिकारीको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले एक व्यक्ति दुई खोप अभियान सञ्चालन गर्ने जानकारी दिए ।
जनताको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने र संघ र स्थानीय सरकारका बीच प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको उनकोे भनाइ छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले अभिमुखीकरण कार्यक्रमले विकास निर्माणका कामको अनुगमनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
तपाइँको प्रतिक्रीया