जनकपुर – नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर पीडित यादवको ५७ वर्षको उमेरमा सोमबार राति जनकपुर – १४ मुजेलियास्थित निवासमै निधन भएको हो ।
मधेसका लोकप्रिय नेता यादव तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनी भारतको विभिन्न अस्पताल र चितवनको क्यान्सर अस्पतालमा समेत उपचार गराएका थिए । तर निको हुने अबस्था नरहेपछि चिकित्सकले घर पठाइदिएका थिए ।
यादव पहिलो संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ५ बाट पराजित भएका थिए । सोही क्षेत्रबाट विजयी कांग्रेसमा डा. रामवरण यादव राष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा उनी एमालेका रघुवीर महासेठसँग पराजित भए ।
जनकपुरधामस्थित स्वर्गद्वारीमा आजै उनको अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टिमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी हुनेछन् ।
तपाइँको प्रतिक्रीया