२०८२ जेठ २२ बुधबार

राशिफल

स्पेन र इटाली युरोपियन च्याम्पियनसिपमा भिड्दै

लगातार चौथो पटक स्पेन र इटाली युरोपियन च्याम्पियनसिपमा भिड्ने भएका छन् । युरो २०२०को नकआउटदेखि एउटै पोलमा रहेका दुई टोलीले सेमिफाइनलमा भेट निश्चित गरेका हुन् ।

शुक्रबार राति भएको पहिलो क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डमाथि पेनाल्टी सुट आउटमा ३(१ गोलको नतिजामा पराजित गर्दै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । सोही रात भएको अर्को क्वार्टरफाइनलमा बेल्जियममाथि २– १ गोलको जित निकाल्दै इटालीले पनि फाइनल प्रवेशका लागि स्पेनसँगको भेट निश्चित गरेको हो ।

यी दुई टोली फाइनल प्रवेशका लागि मंगलबार राति इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भिड्ने छन् ।