चितवन – सुजिता भण्डारीको शवलाई काठमाण्डौको लगिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले एम्बुलेन्समार्फत पठाएको शवलाई पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको बताए ।
‘पोष्टमार्टम रिपोर्टपछिमात्रै मृत्युको कारण पत्ता लाग्नेछ’, उनले भने, ‘रिपोर्ट छिटो ल्याउने प्रयास छ, केही दिन लाग्ला ।’
असार ११ गतेदेखि वेपत्ता सुजिताले सोही दिन दिउँसो १२ बजेतिर दिदीलाई आफू अपहरणमा परेको भन्दै बचाउँन अनुरोध गर्दै मोबाइलमा फोन गरेकी थिइन् ।
२० गते घरबाट करिब ४ किमि उत्तरतर्फको ब्रम्हस्थानी सामुदायिक वनको खोल्सामा गलेको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले घटनास्थलमा पतेरोमा हाल्ने विषादीको बट्टा, झोला फेला परेको बताए ।
‘घटनास्थलमा अन्य प्रमाणहरु खोज्ने काम भइहेको छ’,थापाले भने, ‘आज फेरि सुजिताले चलाउने मोबाइल भेटिएको छ ।’ शव भेटिएको स्थानभन्दा करिब २० मिटर पर सिमकार्डबिनाको मोबाइल भेटिएको छ ।
तपाइँको प्रतिक्रीया