२०८२ जेठ २२ बुधबार

राशिफल

नेप्से ५.२४ अंकले घट्यो

काठमाडौं – नेप्से परिसूचक आज ५.२४ अंकले घटेर २८१८.११ विन्दुमा रोकिएको छ ।
१ करोड १३ लाख ५ हजार २०९ कित्ताको सेयर किनबेचमा आज ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रूपैयाँ कारोबार भएको छ ।

आज बैंकिङ, निर्जीवन बीमा, उत्पादन, लघुवित्त तथा जीवनबीमा कम्पनीका सेयरधनी लाभान्वित भएका छन् । अन्य समूहका परिसूचक भने रातो भएको छ । आज हिमालय डिष्टिलरीको सेयर कारोबार ३५ करोड बराबरको भयो ।