२०८२ जेठ ३१ शुक्रबार

राशिफल

‘सुजिता भण्डारी हत्या’को विरोधमा चितवनमा प्रदर्शन

चितवन – ‘सुजिता भण्डारी हत्या’को विरोधमा चितवनमा प्रदर्शन भएको छ । स्थानीय र अधिकारकर्मीले सुजिताको हत्यारा पत्ता लगाउँन माग गर्दै प्रदर्शन गरेका हुन् ।

पूर्वपश्चिम राजमार्गमा प्रदर्शन भएपछि सवारी आवागमन प्रभावित भएको छ । प्रदर्शनका कारण तीन बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

असार ११ गतेदेखि बेपत्ता सुजिताले सोही दिन दिउँसो १२ बजेतिर दिदीलाई आफू अपहरणमा परेको भन्दै बचाउँन अनुरोध गर्दै मोबाइलमा फोन गरेकी थिइन् ।

सुजिता भण्डारीको मृत्युको कारण पत्ता लगाउन शवलाई आजै काठमाण्डौको लगिएको छ ।