२०८२ जेठ ३१ शुक्रबार

राशिफल

रेड पाण्डाको छालासहित दुई जना पक्राउ

कैलाली – दुर्लभ जनावर रेड पाण्डाको छालासहित कैलालीमा दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहागरपालिका – ४ स्थित बोराडाडीमा रहेको पण्डित वर्कशपबाट भारतको लखिमपुर मोतीहारी केशरिया घर भएका मोटर वर्कशपका सञ्चालक ४१ वर्षीय गगनदेव पण्डित र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – ३ बस्ने ३८ वर्षीय मुकेश भट्ट पक्राउ परेका हुन्।

संघीय प्रहरी इकाई कञ्चनपुरबाट सादा पोशाकमा खटिएको टोली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।