नेपाल आयल निगमले दुइ साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।
आयल निगमले प्रतिलिटर २ रुपियाका दरले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।
निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।
तपाइँको प्रतिक्रीया