२०८२ जेठ ३२ शनिवार

राशिफल

टिप्पर दुर्घटना २६ वर्षीय पुरुषको मृत्यु

रुपन्देही – बुटवल पाल्पा सडकखण्डको चरचरेमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

चुनढुंगा लिएर बुटवलतर्फ आइरहेको लु २ ख ८२० नम्बरको टिप्पर दुर्घटना हुँदा चालक पाल्पा पूर्वखोला गाँउपालिका ५ वीरकोटका २६ वर्षीय सुदीप गैरेको मृत्यु भएको हो ।

लगातारको वर्षाले चिप्लो बनेको सडकबाट चिप्लिएर टिप्पर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रवास लैजाँदै गर्दा उनको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।