काठमाडौं – अर्को हप्तादेखि लगाउन सुरु गरिने भेरोसेल खोपको पहिलो मात्रा (डोज) ल्याउन नेपाल वायुसेवा निगमले आजबाट उडान सुरु गरेको छ ।
५५ वर्षमाथिका नागरिकलाई प्राथमिकतामा राखेर ल्याउन लागिएको खोप ल्याउन निगमले तीन वटा उडान गर्ने जनाएको छ । निगमको बाइडबडी ए ३३० जहाजबाट साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।
सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप ल्याउन निगमको जहाज आज चीन उड्ने भएको छ । शुक्रबार खोप नेपाल आईपुग्ने छ ।
तपाइँको प्रतिक्रीया