२०८२ जेठ ३२ शनिवार

राशिफल

पहिरोमा पुरिएर एकजनाको मृत्यु

रूपन्देही – पहिरोमा पुरिएर पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार एकजनाको मृत्यु भएको छ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते छन् । हिउँदे खोलामा खसेको पहिरोले ६ घर बगाएको छ । तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएका छन् ।

पहिरोले सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध भएपनि नियमित पानी परिरहेकाले खुलाउने काम शुरू हुन नसकेको प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए ।