युरोपियन च्याम्पियनसिप २०२० को दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा पराजित गरी इंग्ल्याण्डले इटलीसँगको फाइनल भेट निश्चित गरेको छ ।
घरेलु मैदान वेम्बलीमा कठिन प्रतिस्पर्धाबाट हासिल यो सफलताले इंग्ल्याण्डलाई ५५ वर्षपछि मुख्य फुटबल प्रतियोगिताको उपाधि नजिक पुर्याएको छ । सन् १९६६ मा विश्वकप उपाधि जितेयता इंग्ल्याण्ड उपाधिविहीन छ भने युरोमा त पहिलोपल्ट फाइनलमा पुग्न सकेको हो ।
तपाइँको प्रतिक्रीया