काठमाडौँ – सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितलाई झापा कारागारमा रहेका कैदीबन्दीले आर्थिक सहयोग गरेका छन् । बुधबार सहयोगको लागि भन्दै ५० हजार १ सय नगद पठाइदिएका हुन्।
वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले सो नगद रकम कैदीबन्दीले पठाइदिएका हुन् ।
‘परिस्थितिले हामी जहाँ रहे पनि जस्तो रहे पनि मानवीय संवेदना हुनुपर्छ,’ कारागार झापामा कैदीबन्दीतर्फको आन्तरिक प्रशासन प्रमुख शेरबहादुर थेबेले भने, ‘सिन्धुपाल्चोकका बाढी पीडितको पीडामा मलमपट्टि पुगोस् भनेर हामीले एक दिनको छाक कटाएर सहयोग पठाएका हौँ ।’
तपाइँको प्रतिक्रीया