काठमाडौं – करिब १ घण्टा छलफल पश्चात एमाले कार्यदलबीचको वार्ता साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ ।
छलफलबाट निस्केर संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले वार्ता सकारात्मक रहेको जानकारी दिएका छन् । उनले भने, आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडि नलागौं, वार्ता सकारात्मक छ ।’
संस्थापन पक्षका विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक छलफलमा जुटेका छन् ।
तपाइँको प्रतिक्रीया