कैलाली – पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । दार्चुला जिल्लाको नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा आएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
पहिरोले घर पुरिँदा ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र सोही ठाउँकी २९ वर्षीया लक्ष्मण सितौलीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले बताए ।
पहिरो गएको स्थान दार्चुला सदरमुकाम खलंगाबाट ८ घण्टाको पैदल दूरीमा पर्छ ।
तपाइँको प्रतिक्रीया