२०८२ जेठ ३२ शनिवार

राशिफल

रिसिइबीका कारण तीन वर्षीय बालकको दिदी नाता पर्नेबाट हत्या

कैलाली – कैलालीको टीकापुरमा तीन वर्षका बालकको उनकै दिदी नाता पर्नेबाट हत्या भएको खुलेको छ ।

सोमबार देखि बेपत्ता दीलिप विष्टका ३ वर्षका छोरा विवेक विष्टको बुधबार शव भेटिएको थियो । दिदी नाता पर्ने पुनम विष्टले बालकको हत्या गरेको प्रहरीले जनाएको छ । रिसिइबीको कारण बालकको हत्या भएको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बताए ।

बिहीबार पत्रकार सम्मेलनमा कैलाली प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा ती युवतीले जमरा कुलोमा धकेलेर विवेकको हत्या गरेको स्वीकारेको जानकारी दिए । प्रहरीका अनुसार ती युवतीले पारिवारिक रिसिइबीका कारण बालकको हत्या गरेकी हुन् । बालकलाई योजनाबद्ध ढंगले घरबाट लिएर गएको र कुलोमा धक्का दिएर हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले पुनम र उनकी साथीलाई पक्राउ गरेको छ ।